एमाले महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने भीम रावलको घोषणा

अछाम । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आगामी दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

गृहजिल्ला अछामको साँफेबगर नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले कार्यकर्ताको भावना अनुसार आफू उम्मेदवार बन्न तयार रहेको बताए ।

रावलले दश बुँदे सहमति कार्यन्वयन नभएकोमा असन्तुष्टी व्यक्त गर्दै पार्टी बलियो बनाउन निरन्तर संघर्ष गरिरहने र संघर्षको मैदानबाट नभाग्ने बताए । रावलले आफू हारे पनि राष्ट्रिय स्वाधीनताको लागि बलियो एमाले निर्माणको लागि प्रतिबद्ध रहने बताए ।

माधव नेपालले पार्टी फुटाएर हिड्नु गलत भएको भन्दै उनले आफूले राष्ट्र र एमाले बलियो बनाउने बाहेक अरु स्वार्थ आफ्नो नरहेको प्रष्ट पारे ।

Comments

One response to “एमाले महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने भीम रावलको घोषणा”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    भिमबहादुर रावल जिले नेकपा हुँदै नेकपा एमालेसम्म आइपुग्दा आफ्नो कद घटाउने गतिविधि गरिरहेका छन्।१० बुँदेपछि भिमबहादुर रावल सच्चिए किभन्ने लागेको थियो, तर उनी झन अराजक भएर पार्टीमात्र कमजोर बनाइरहेका छैनन्, आफ्नै राजनीतिक धरातल पनि कमजोर बनाउँदैछन्।सच्चिने कि सक्किने? त्यो रावलको ईच्छा र व्यवहारमा भर पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *