बारको गोप्य वैठकमा जब ऋषि धमला घुसेर ‘लाइभ’ गर्न थाले (भिडिओ)

काठमाडौं । चर्चित पत्रकार ऋषि धमला मंगलबार दिउसो हस्याङफस्याङ गर्दै सर्वोच्च अदालतको एउटा वैठक हलभित्र पसे । त्यहाँ भइरहेको थियो, नेपाल बार एसोसिएसनको वैठक ।

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेरको राजीनामा मागका विषयमा सल्लाहकारहरुसँग बारका पदाधिकारीहरु गोप्य छलफल गरिरहेका थिए । क्यामरासहित धमला स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दै हलभित्र पसेर लाइभ गर्न थालिहाले । छलफलमा व्यस्त अधिवक्ताहरुमाझ एकछिन सन्नाटा छायो ।

धमला भन्न थाले, ‘यहाँ बारको वैठक चलिरहेको छ, र हामी प्रत्यक्ष प्रशारणमा छौं । किनभने देशको ध्यान अहिले बारतिर छ ।’
कार्यक्रमका सहभागीहरु ट्वाँ परेर उनलाई हेरिरहेका थिए । धमला मञ्चमा बसेका बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीतर्फ लम्किए ।

‘देशका भिष्मपितामह’ भन्दै माइक तेस्र्याएर उनले भण्डारीलाई प्रश्न गरे, ‘वरिष्ठ अधिवक्ताज्यू तपाईंलाई के लाग्छ ?’
भण्डारी जवाफ दिन थाले, ‘हामीले कम्मर कस्नुपर्छ…’

तर भण्डारीले बोल्दाबोल्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले हस्तक्षेप गरे । उनले धमलाको माइक नै समातेर उनलाई त्यहाँबाट निस्कन आदेश दिए । धमलाले कुनै प्रतिवाद गर्न सकेनन् । उनी ‘हामी प्रत्यक्ष प्रशारणमा छौं’ भन्दै बाहिर निस्किए ।
ढोका बाहेर पनि उनले एकाध अधिवक्तालाई तानेर ‘बाइट’ लिन खोजे । तर, त्यसमा पनि सफल भएनन् ।

हेर्नुस भिडियो

Comments

6 responses to “बारको गोप्य वैठकमा जब ऋषि धमला घुसेर ‘लाइभ’ गर्न थाले (भिडिओ)”

  1. Gorkhali Beer (BIR) Avatar
    Gorkhali Beer (BIR)

    Most Idiot Reporter (MIR) of Nepal ! Shame on him!

    1. Rabindra Avatar
      Rabindra

      Most talent journalist

  2. Kaushalya Ghimire Avatar
    Kaushalya Ghimire

    Perfect and suitable role for Rishi Dhamala ji.Keep continue.

  3. Lokendra Bam Avatar
    Lokendra Bam

    धमला जी काे असफल हमला🤣🤣🤣

  4. रोशन Grg Avatar
    रोशन Grg

    जेगर्छन धमलाले गर्छ तिमीहरु त स्रोतको हवाला दिदै बार्गेनिंग गर्नेन हौ ।

  5. Amar Avatar
    Amar

    One of the most idiot Journalist of Nepal. Mad man.

Leave a Reply

Your email address will not be published. Required fields are marked *