करिश्मालाई ओलीकाे फाेन : परीक्षा कस्ताे भैराकाे छ ?

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अहिले कक्षा १२ को परीक्षामा व्यस्त छिन् । परीक्षाको चटारोले उनी सितिमिति फोन उठाउँदिनन् । नयाँ नम्बरबाट फोन आयो भनेपनि उनी ट्रु कलर एपबाट जानकारी लिएर मात्र उठाउँछिन् ।

शुक्रबार राती ९ बजेर ५३ मिनेटमा आएको फोनले भने उनलाई छक्क तुल्याइदियो । करिश्मालाई यो फोन थियो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ।

ओलीले करिश्मालाई फोन गरेर परीक्षाबारे सोधेका थिए । करिश्माले ओलीसँगको संवादबारे सामाजिक संवादमा पनि उल्लेख गरेकी छिन् । ‘सुरुमा मजाक हो कि भन्ने लाग्यो तर उहाँ हाम्रो देशको पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो’ करिश्मा लेख्छिन्, ‘उहाँको आवाज सुन्दा घरको मुलीले छोराछोरीलाई गरेजस्तो सुनिन्थ्यो ।’

सुरुमा ओली बोलेको भनेर करिश्मालाई विश्वास लागेन । अनि ओलीले डुंगाको कथा सुनाए । यो कथा सुनेर मात्र आफूलाई ओली भन्ने लागेको सन्दर्भ पनि करिश्माले उल्लेख गरेकी छिन् ।

‘आधुनिताको यो दौडमा सद्भाव र मायाको दूरी मेटाउन यत्रो ठूलो भएर पनि सामान्य कलाकारलाई कल गरिदिनुभएकोमा धन्यबाद केपी बुवा ।’ करिश्माले ओलीको फोनलाई पुष्टि गर्न मोबाइलको स्क्रिनसट समेत सेय गरेकी छिन् ।

 

Comments

7 responses to “करिश्मालाई ओलीकाे फाेन : परीक्षा कस्ताे भैराकाे छ ?”

  1. Nagendra Avatar
    Nagendra

    के पी ओली राष्ट्रको बुवा हो, यो कसैले रहर गरेर हुने र भएको हैन, ओलिको अभिभावकिय भूमिका र ब्येवहारले स्थापित गरेको हो !! ओली, यौटा भरोशामा योग्य सपुत नेपाल आमाको अनी ‘बुवा’ देशबासीको !!

  2. नेपाल Avatar

    राजनितिकाे निच नमुना … केपिकाे अर्काे स्क्याण्डल … केही न केही उपद्राे नमच्चाई केपि बस्नै सक्दैन भन्ने गतिलाे उदाहरण ….

  3. कुमार कसजू श्रेष्ठ Avatar

    के पी ओली को बिशेषता भनेको यही हो। हरेक नागरिक को ह्रृदय छुन्छ सक्ने।

    1. nepali Avatar
      nepali

      kasto tallo soch ho yo manchhe ko , phone garera kura sodhnu ma k upadro hunx ra ?

  4. bharat kumar thapa Avatar
    bharat kumar thapa

    केपी ओली बहुआयामिक र भरोसा योग्य र राजनीतिज्ञ हुन मलाई असाध्यै मनपर्छ त्यसकारण राजनेता मान्न सकिन्छ ।

    1. bharat kumar thapa Avatar
      bharat kumar thapa

      Kp oli बहुआयामिक भरोसा योग्य राजनीतिज्ञ हुन मलाई असाध्यै मनपर्छ त्यसकारण म उहालाई राजनेता मान्दछु

      1. शिखर Avatar
        शिखर

        राजनितीज्ञमा हुनुपर्ने यस्तै गुणहरुले के पि वली युवाहरुका बा वनेका हुन । कम्युनिष्टहरूले प्रयाेग गर्ने कमरेड र मुट्ठी उठायर गर्ने अभिवादन भन्दा दुई हात जाेडेर गरिने नमस्कार र अभिभावकमा सवै भन्दा भरपर्दाे र प्रिय शब्द बा ले नेपाली युवाहरुकाे मन जितिरहेकाेछ । याे अझ लामाे समय सम्म जरा गाडेर वस्ने छ किनकि यसमा नेपालीपन छ आत्मियता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *