जेन-जी आन्दाेलनका दाेषीलाई कारबाहीसँगै अन्तर्राष्ट्रिय रूपमै घेराबन्दी गर्छाैं : गृहमन्त्री (भिडियो)

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका दोषीलाई कारबाहीसँगै अन्तर्राष्ट्रियरुपमै घेराबन्दी गर्ने चेतावनी दिएका छन् ।

जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरूको स्मृतिमा संसद् भवनअघि भएको दीप प्रज्वलनका क्रममा उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री अर्यालले सहभागी जेनजीहरुलाई सम्बोधन गर्दै भनेका छन्–‘यहाँहरूले अपेक्षा गर्नुभएको छ, जेनजी आन्दोलनका दोषीहरूलाई कारबाहीसँगै विभिन्न भ्रष्टाचारमा जोडिएकालाई छिटो कारबाहीको  अपेक्षा गर्नुभएको छ, यसमा हामी दृढताका गर्छौ, यहाँहरूले केही समय छिटो होस् भन्नुभएको पक्कै होला, यसलाई हामी अझ व्यवस्थित रूपमा कारबाही गर्दछौँ ।’ उनले भने–‘नेपालको राज्य प्रणालीबाट पनि गर्छौ नै जो दोषी छन् उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि घेराबन्दी गर्छौ, त्यसैका लागि आयोग बनेको हो धमाधम काम भइरहेको छ । हिजो मात्रै राष्ट्रिय मानव अधिकार आयोगको सदस्य गृह मन्त्रालयमा आउनुभएको थियो, त्यो संवैधानिक आयोग हो उसले पनि छानबिन थालेको छ ।’

गृहमन्त्री अर्यालले अहिले केही भ्रष्टाचारको विषयमा काम अघि बढेको र केहीको अध्ययनकै क्रममा रहेको जनाए । ‘भ्रष्टाचारको मामिलामा पनि यहाँहरूले छिटो काम अघि बढोस् भन्ने अपेक्षा गर्नुभएको छ ।

नेताहरूले राज्यलाई दोहन गर्नसक्नेहरुलाई कारबाहीको प्रक्रिया अघि बढिसकेको छ, हामी आएपछि अख्तियारले काम गर्ने वातावरण बनेको छ तपाईँहरूले हेर्न सक्नुपर्छ, अख्तियारले केही महत्त्वपूर्ण काम थालेको छ । यसमा तपाईँहरूले साथ दिनुपर्दछ’ उनले भने ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *