
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले सुर्खेत क्षेत्र–२ बाट ६ जनाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।
क्षेत्रीय कार्यसमितिको बैठकले पछिल्लो चुनावमा विजयी भएका नेता हृदयराम थानीसहित अन्य पाँच जनालाई सर्वसम्मतिको प्रस्ताव गरेको हो ।
क्षेत्र–१ मा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भए पनि क्षेत्र–२ मा भने कांग्रेसले प्रतिस्पर्धात्मक सूची अघि सारेको सचिव देवकुमार सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रत्यक्षतर्फ सिफारिसमा हृदयराम थानी, नारायण कोइराला, उपेन्द्र थापा, कलम खत्री, भिष्म हमाल र बसन्ती बस्नेत जिसी छन् ।
यस्तै, समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरिएको छ। सूचीमा गंगा नेपाली बस्याल, पार्वती गिरी, धना विष्ट, भीम शाही नेपाली र भगे कामी रहेका छन् ।
कांग्रेसले अब यी सिफारिसहरू केन्द्रमा पठाएपछि अन्तिम नाम चयन हुनेछ ।

Leave a Reply