परराष्ट्र सेवामा ६७ शाखा अधिकृतमा सिफारिस हुँदा ४१ प्रतिशत महिला सिफारिस (सूचीसहित)

काठमाडौं । लोक सेवा आयोगले लिएको परराष्ट्र सेवातर्फको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार परराष्ट्र सेवाको शाखा अधिकृत पदमा ६७ जना सिफारिस भएका छन् । जसमा २८ जना महिला सिफारिस भएका छन् । यो जम्मा सिफारिसमध्ये ४१ प्रतिशत हिस्सा रहेको छ ।

खुलातर्फ ३७ जना सिफारिस भएका छन्, जसमा ४० प्रतिशत अर्थात् १५ जना महिला छन् । खुलातर्फको शीर्षमा छैटौँ नम्बरमा पूजा न्यौपाने सिफारिस भएकी छन् । अन्यमा प्रसिद्धि कोइराला, संगिता भुसाल, नमुना सुवेदी, ममता रेग्मी, प्रियदर्शिनी त्रिपाठी, रक्षा खनाल, नन्दिनी अधिकारी, प्रेरणा फुयाल, विज्ञतारा आचार्य, सारंशा अर्याल, विनी दाहाल, सरिता मानन्धर, स्मृति गौतम र शोरिस्मा मरासिनी रहेका छन् ।

महिलातर्फका अन्य १० जना सिफारिसमा रसिला धमला, विद्या पौडेल, आयुष्मा काफ्ले, सुलोचना थापामगर, दीपिका उप्रेती, अस्मिता सेढाई, आभा डंगोल, अस्मिता भट्टराई, प्रियंकासिंह ठकुरी र करिस्मा अधिकारी रहेका छन् ।

आदिवासी जनजातितर्फ ८ जना सिफारिस भएका छन्, जसमा दुई जना महिला छन्, ख्यामकुमारी भुजेल र सोनु थापा । मधेशीतर्फ ७ जना सिफारिस भएका छन्, जसमा पहिलो नम्बरमा महिला त्रिशा अग्रवाल रहेकी छन् । दलिततर्फ ३ जना सबै पुरुष सिफारिस भएका छन् भने अपांगता र पिछडिएको क्षेत्रतर्फ एक-एक पुरुष सिफारिस भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *