समानुपातिक निर्वाचनमा भाग लिन ९३ दलको निवेदन दर्ता, संयुक्त रूपमा भाग लिन ५ निवेदन

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि ९३ दलले निवेदन दर्ता गराएका छन् ।

आयोगका अनुसार यहीँ मंसिर २१ गते आइतबार, २२ गते सोमबार र २३ गते मङ्गलवार गरेर निवेदन दर्ता गराउने ३ दिनको समय सीमा भित्र ९३ दलले निवेदन दर्ता गराएका हुन् ।

अन्तिम दिनसम्म समानुपातिकतिर: एकल र छुट्टाछुट्टै निर्वाचनमा भाग लिन ९३ राजनीतिक दलले आयोगमा निवेदन दर्ता गराएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार विभिन्न दल मिलेर संयुक्त रूपमा निर्वाचनमा भाग लिनका लागि ५ वटा निवेदन दर्ता भएका छन् । जसमा २ समूहमा ३–३ दलले एकल निर्वाचन चिन्हमा भाग लिनका लागि र ३ समूहमा दुई–दुई दल मिलेर निर्वाचनमा भाग लिनका लागि निवेदन दर्ता गराएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल निर्वाचनमा चिन्हमा भाग लिनका लागि निवेदन दर्ता गराएका छन् भने नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले एकल निर्वाचन चिन्हमा भाग लिनका लागि निवेदन दर्ता गराएका छन् ।

यस्तै नागरिक सेवा पार्टी र सचेत नेपाली पार्टीले पनि एकल निर्वाचन चिन्हमा भाग लिनका लागि निवेदन दर्ता गराएका छन् भने आम जनता पार्टी र जनादेश पार्टी नेपालले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दर्ता गराएका छन् । यस्तै नेकपा ९माक्र्सवादी० र नेपाल कम्युनिष्ट पार्टीले पनि एकल निर्वाचन चिन्हमा भाग लिनका लागि निवेदन दर्ता गराएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *