
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागत बढाई सम्झौता गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले थुनछेक बहसपछि आदेश सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न र निर्देशक मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
महानिर्देशक अधिकारी अर्को मुद्दामा यस अघि नै पुर्पक्षमा थुनामा रहेका कारण धरौटी नतिरेको तर, भण्डारीले भने एक लाख धरौटी तिरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले नेपाल प्रेसलाई जानकारी दिए ।

Leave a Reply