पोखरा विमानस्थल भ्रष्टाचार : निलम्बित महानिर्देशक अधिकारीलाई पाँच लाख धरौटीसहित तारेखमा राख्न आदेश

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललको लागत बढाई सम्झौता गरिएको आरोपमा अख्तियारले दायर गरेको भ्रष्टाचार सम्बन्धी मुद्दामा मंगलबार विशेष अदालतले धरौटी लिएर तारेखमा राख्ने आदेश गरेको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटी लिएर तारेखमा राख्ने आदेश गरेको छ । यस्तै निलम्बित निर्देशक मुरारी भण्डारी १ लाख रुपैयाँ धरौटी लिने आदेश गरेको छ ।

विशेष अदालतको इजलास नम्बर १ अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य डिल्लीरत्न श्रेष्ठले जारी गरेको आदेशमा दुवै प्रतिवादीको बयान तथा मिसिल कागजात अध्ययनपछि अभियोग दाबीमा उठाइएका आरोप गम्भीर प्रकृतिका रहेको उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *