सिंहदरबारमा सुधन : जेन-जीसँग छिटो सम्झौता गरी राष्ट्रपतिबाट हस्ताक्षर गराउन ताकेता

काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौताको प्रगतिबारे चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जेन-जी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुंग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उनको ताकेता थियो ।

आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको पनि उनले गुनासो गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *