
काठमाडौं । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। यहीँ शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको टाइटल गीत आज सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ। मानस राजको संगीत, मानस राज र समिक्षा अधिकारीको स्वर र शोभित बस्नेतको कोरियोग्राफी रहेको गीत सलोमा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्।
विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के।सी। र दिक्पाल कार्की छन् । लक्ष्मण सापकोटा र प्रदीप दाहालले निर्माण गरेको चलचित्रमा गणेश बुढाथोकीको लेखन छ।

Leave a Reply