खुश्बु ओलीको सारीमा जेनजी आन्दोलनको चर्चित जुत्ता, भन्छिन- यो बलिदानको प्रतिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतृ खुस्बु ओलीले जेनजी आन्दोलनका शहीद र घाइतेप्रति सम्मान जनाउँदै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एउटा भावनात्मक स्टाटस सार्वजनिक गरेकी छन् ।

जेनजी आन्दोलनको जुत्ता र प्रश्नचिन्ह अंकित डिजाइनयुक्त सारीमा तस्बिरसहित उनले लेखेकी छिन् ‘मैले लगाएको सारी केवल पहिरन मात्र होइन, यो जेनजी आन्दोलनका वीर आत्माप्रति हृदयदेखिको सम्झना, कृतज्ञता र निःशब्द सम्मानको प्रतीक हो ।’

ओलीका अनुसार उनले लगाएको सारी ती साहसी शहीदलाई समर्पित हो, जसले आन्दोलनमा सहभागिता जनाउँदै आफ्नो अमूल्य जीवन बलिदान गरे । ‘तिनै घाइतेलाई पनि यो सम्मान हो, जो आज पनि अस्पताल र घरमा पीडासँग बाँचेका छन्, ।’ उनले लेखेकी छिन् ।

उनले जेनजी आन्दोलनले राष्ट्रमा सुतिरहेजहाँ चेतना पुनः जागृत गराएको उल्लेख गर्दै गल्ती कहाँ भयो र सुधार कहाँबाट सुरु हुनुपर्छ भन्ने प्रश्न आज फेरि सबैको मनमा ताजा भएको बताइन् । सरकारलाई शहीद तथा घाइते परिवारको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न आग्रह गर्दै ओलीले लेखेकी छन्, ‘उनीहरूको बलिदान केवल इतिहासको पानामा होइन, राष्ट्रकै आत्मामा अंकित हुनुपर्छ ।’

ओलीका अनुसार जेनजी आन्दोलनका सहभागी नै नयाँ राष्ट्रिय चेतनाका केन्द्रबिन्दु र जवाफदेहिताको माग गर्दै उठेको पुस्ताको धड्कन हुन् । ‘राप्रपा र म उनीहरूलाई आज मात्र होइन, हरेक दिन सम्झनेछौं । उनीहरूको साहस र बलिदानले हामीलाई निरन्तर अघि बढ्न प्रेरित गरिरहनेछ ।’ उनको स्टाटसमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *