साफ यू-१९ महिला च्याम्पियनसिप माघ १५ गतेदेखि पोखरामा हुने

पोखरा । साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल पोखरा पहिलो पटक पोखरामा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले च्याम्पियनसिप आगामी माघ १५ (जनवरी २९) देखि पोखरामा हुन लागेको जानकारी दिए ।

सोही प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव पुरुषोत्तम कट्टेल र एन्फा महासचिव राईसहितको टोलीले मङ्गलवार पोखरा रंगशालाको अवलोकन गरेका थिए ।

अवलोकनपछि च्याम्पियनसिप माघ १५ गतेदेखि गर्ने निर्णयमा पुगेको एन्फा महासचिव राईले जानकारी दिए ।

एन्फाले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न लागेको राईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *