
काठमाडौं । बंगालको खाडी क्षेत्रमा विकसित भएको आँधीले श्रीलंकामा ७५ मिलिमिटर वर्षा गराउने अनुमान गरिएको छ ।
विशेष गरी उत्तरी, पूर्वी र उत्तर-मध्य प्रान्तहरूमा आँधीको जोखिम देखिएको बीबीसीले जनाएको छ । मौसम पूर्वानुमानमा बंगालको खाडीमा बादलको चाल आँधीमा परिणत हुन सक्ने र श्रीलंकातिर बग्न सक्ने र त्यसले तीव्र वर्षा गराउन सक्ने चेतावनी दिइएको छ ।
यस्तो वर्षाले गम्भीर नभए पनि पहिले नै बाढीग्रस्त क्षेत्रहरूमा चिन्ता बढाउन सक्छ । विभागले पहिले नै उष्णकटिबंधीय चक्रवातबाट प्रभावित क्षेत्रहरूको प्रभाव मूल्याङ्कनको लागि सिँचाइ विभाग, महावेली विकास प्राधिकरण र राष्ट्रिय भवन अनुसन्धान संगठन (एनबीआरओ) लाई सचेत गराएको छ।
भूमि तथा सिँचाइ उपमन्त्री अरविन्द सेनारथले सिँचाइ विभाग र महावेली विकास प्राधिकरणले आगामी दिनहरूमा उत्तर-पूर्वी मनसुन सक्रिय भएमा जलाशयहरूको पानीको स्तर व्यवस्थापनको लागि तयारी गरिरहेको बताएका छन् ।
‘१५०-२०० मिमी भन्दा बढी वर्षा भयो भने यो जोखिमपूर्ण हुनेछ । सिँचाइ र महावेलीका अधिकारीहरू अतिरिक्त पानी छोड्न र परिस्थिति व्यवस्थापन गर्न सतर्क छन् ।’ उपमन्त्री सेनारथले भने ।

यसैबीच श्रीलंकाको नवलापितिया नजिकैको उलापानेमा माथिल्लो भागको रेलवे लाइन अवरुद्ध भएको छ ।
प्रतिकूल मौसमका कारण पहिरो गएको कारण रेलवे ट्र्याकमा गम्भीर क्षति पुगेको तस्बिरहरूले देखाएका छन् । स्थानीयका अनुसार एउटा काठ पसल र एउटा कार बिक्री आउटलेट पुरिएको बताएका छन् र लगभग १४ जनालाई जिउँदै पुरिएको हुन सक्ने दाबी गरेका छन् ।

Leave a Reply