
काठमाडौं । फाइबर इन्टरनेट सेवा प्रदायक वाईफाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को अवसरमा “पारस दाइको मौकामा चौका” अभियान ल्याएको छ । यस अफर मार्फत उच्च–गतिकाे इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराइने भएको हो ।
यस अभियान अन्तर्गत २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको निःशुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन् । जसमा ग्राहकहरूले एक वर्षको मूल्यमा २४ महिनाको उच्च गतिको इन्टरनेट पाउने कम्पनीले जनाएको छ ।
बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना निःशुल्क राउटर पनि प्राप्त गर्नेछन् । जसको मूल्य ११ हजार ७५० (भ्याट सहित)मा उपलब्ध हुनेछ । वाईफाई नेपालले आफ्नो यस अफरमा ब्रान्ड एम्बासडर पारस खड्कालाई फिचर गर्दै फ्यानहरूका बीच एनपीएलको उत्साहलाई अझ बढाइरहेको छ ।
“पारस दाइको मौकामा चौका” अफर यही मंसिर २९ गतेसम्म लागू हुनेछ । यसका साथै यसमा सम्बन्धित नियम तथा सर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

Leave a Reply