चालकबिनाको ट्याक्सी गुड्दा दुर्घटना, सामान्य क्षति

काठमाडौँ । काठमाडौँको नयाँबजारस्थित नयाँ पुलनजिकै विष्णुमती करिडोरमा टाटा इभी ट्याक्सी दुर्घटना भएको छ ।

बागमती प्रदेश ०१००२ ज ८०८२ नम्बरको विद्युतीय ट्याक्सी आज बिहान स्वचालित भएर नजिकै ठोकिएको हो ।

सडकमा रोकिइराखेको इभी आफैँ गुडेर दुर्घटना हुँदा गाडीमा चालक पनि थिएनन् । इभीमा केही क्षति भएको छ । अन्य अवस्था सामान्य छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *