ईश्वर पोखरेलले भने- मेरो दस्ताबेजमा छलफल हुने विश्वास छ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनका लागि छुट्टै राजनीतिक र सांगठनिक प्रस्ताव महासचिव शंकर पोखरेललाई बुझाएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेका पोखरेलले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्न पछिल्ला घटनाक्रमसँगै आगामी बाटो कसरी तय गर्ने भन्ने लगायतका विषयहरु समेटिएको बताए ।

ओली निवास गुण्डु पुगेर बुझाउने तयारी भएपनि विविध कारणले त्यो हुन नसकेको उल्लेख गर्दै उनले महाधिवेशनलाई प्रभावकारी बनाउनका लागि महत्वपूर्ण विषयमा छलफल हुने विश्वास व्यक्त गरे ।

उनले विधिसम्मत रुपमा पार्टीको नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको उल्लेख गर्दै पार्टी निर्माणमा विधिसम्मत कसरी अगाडि बढ्ने, विचारमा पुनर्गठन, कार्यसम्पादन शैलीमा पुनर्गठनका लागि कसरी अगाडि बढ्ने भन्ने कुराहरु रहेको उनको भनाई छ ।

पार्टी कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै उनले महाधिवेशन प्रतिनिधि छनोटमा केही ठाउँमा समस्या भएपनि अध्यक्ष ओलीसँगको छलफलपछि समाधान भइसकेको बताए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *