भालुको आक्रमणबाट रसुवामा २ जना घाइते

रसुवा । जंगली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा दुई जना गम्भीर घाइते भएका छन् ।

भालुको आक्रमणबाट घाइते हुनेमा नौ कुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन् । उनीहरूलाई सोमबार बिहान भालुले आक्रमण गरेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए ।

निजी जमिनमा घाँस काटी रहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको भालुले आक्रमण गरेको स्थानीयबासिन्दाले बताएका छन् ।

भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *