
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ । तीनकुनेस्थित केन्द्रीय कार्यालयमा आज बसेको पार्टीको अध्यक्ष परिषद् बैठकले निर्वाचन परिचालनसहित वार्ता संवादसहित विभिन्न तीन समिति गठन गरेको हो ।
अध्यक्ष परिषद्का अध्यक्ष दुर्गा सोवका अनुसार बैठकले जगप्रसाद शर्माको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ । सो समितिको सदस्यमा कृष्णप्रसाद शर्मा, जेकेन्द्र श्रेष्ठ, जयराम वाग्ले र रुकसाना कपाली छन्।
निर्वाचन परिचालन तथा वार्ता समितिको संयोजकमा जनार्दन शर्मा र सदस्यमा सन्तोष परियार, ओजस्वी भट्टराई र मानुषी यमी भट्टराई छन् ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा पेस गरिने राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा राम कार्कीलाई तोकिएको छ, यो समितिको सदस्यमा सन्तोष परियार, डा जनक शाह र मोनिका निरौलालाई तोकिएको छ ।”

Leave a Reply