यी हुन् पोखरा विमानस्थल भ्रष्टाचारमा जोडिएका ५५ जना, ८ अर्ब २६ करोड बढी बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन ५ जना संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार तत्कालीन मन्त्रीहरु स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दीपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महतविरुद्ध मुद्दा दायर भएको हो ।

यस्तै, तत्कालीन सचिवहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी समेत ५५ जना विरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

यस्तै, चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ को. लिमिटेडमाथि पनि गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र भएको छ ।

अख्तियारले ८ अर्ब ३६ करोड ३३ लाख ५५ हजार २९७ रुपैयाँ बिगो माग पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *