
काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गरेको छ ।
केन्द्रीय कार्यसमितिको १५ गते बसेको बैठकले महाधिवेशन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले केन्द्रीय निर्वाचन समितिमा दुई सदस्य मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी (लम्जुङ) र अधिवक्ता राजु कटुवाल (सुनसरी) लाई केन्द्रीय निर्वाचन समितिको सदस्यमा मनोनयन गरेका छन्।
पार्टी विधान–२०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम गठन गरिएको उक्त समितिमा मनोनयन भएका सदस्यहरू आगामी निर्वाचनसम्बन्धी कार्य सञ्चालन, व्यवस्थापन र प्रक्रिया निष्पक्ष तथा व्यवस्थित बनाउने जिम्मेवारीमा रहनेछन्।


Leave a Reply