मधेशमा ४ सदस्यीय मन्त्रिपरिषद्, अर्थमा जनमतका महेश

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार नै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

जनमत पार्टीका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ ।

नवनियुक्त तीनै जना मन्त्रीहरूले पनि आइतबार नै शपथ ग्रहण गरेका छन् ।

मुख्यमन्त्री यादवले यही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *