लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको कोटहीमाईबाट ९ सय १० मिलिग्रम ब्राउनसुगरसहित सुभान केवटसहित तीन जना पक्राउ गरेको छ । यस्तै बर्दियाको बढैयातालबाट ३ ग्राम ५८० मिलिग्राम ब्राउनसुगरसहित तौपिक खाँ पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै सुनसरीको धरानबाट १४९ केजी गाँजासहित शनिबार तीन जना पक्राउ परेका छन् । धनकुटा साँगुरीगढीका इन्द्र लिम्बू, सहिदभूमिका जिपसन लिम्बू र भारतीय नागरिक साबिर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुले प्रयोग गरेको मे१ज २०१८ नम्बरको पिकअपसमेत प्रहरीले बरामद गरेको छ ।

धरानकै पिण्डेश्वरीबाट लागूऔषध ट्रामाडोल ४ सय ट्याब्लेट र डिकोलिक ४ सय ट्याब्लेटसहित भलराम श्रेष्ठसमेत दुई जना पक्राउ परेका छन् । को३५प१८५ नम्बरको मोटरसाइकलसहित उनीहरु पक्राउ परेका हुन् ।

यस्तै एम्बुलेन्समा लुकाईछिपाई पैठारी गरिरहेको अवस्थामा ५१ केजी बढी गाँजासहित सर्लाहीबाट सुरेन्द्र राय यादव पक्राउ परेका छन् । शनिबार एम्बुलेन्स जाँचका क्रममा पछाडिको भागमा २ वटा बोरामा प्रहरीले गाँजा फेला पारेको थियो ।

यसैगरी काठमाडौंको सुनधाराबाट लागूऔषध ट्रामाडोल ४५० ट्याब्लेटसहित नागार्जुनका एक १८ वर्षीय किशोरलाई समेत प्रहरीले पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *