
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को मधेश प्रदेश स्तरीय एकता सन्देश सभा जनकपुरमा सुरु भएको छ। प्रदेशस्तरीय सन्देश सभा गरिरहेको नेकपाको जनकपुरमा अहिले सन्देश सभा जारी छ।
केही बेरमा सन्देश सभामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल, नेताहरू झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, महिन्द्रराय यादव, राजेन्द्र पाण्डे, मातृका यादवलगायतले सम्बोधन गर्नेछन्।
नेकपाले धनगढी, दाङ, पोखरा र विराटनगरमा सभा गरिसकेको छ। नेकपाले २७ गते सुर्खेतमा सभा गर्दै छ।

Leave a Reply