बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

पोखरा । काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।

पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३:४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।

चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *