
काठमाडौं । गायक सरोज ओली करिब ४ वर्षपछि गायनमा फर्किएका छन्।
‘माछिले खाने खोलीको लेउ’, ‘जता जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौला’ लगायतका सुपरहिट गीत गाएका ओलीको आवाजमा रहेको नयाँ गीत ‘तिम्रा माताजी लाई नमस्ते’ सार्वजनिक भएको छ।
सरोज ओलीको शब्द र दीपक शर्माको संगीत रहेको गीतमा भारतीय गायिका भूमि त्रिदेवीले फिमेल आवाजमा साथ दिएकी छिन्।
किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत रहेका छन्।
ठूलो सेटमा डान्सिङ विटमा तयार पारिएको भिडियोले दर्शकको मन जित्ने देखिन्छ। पवन सुस्लिङ्गले गीतको भिडियोको छायांकन तथा सम्पादन गरेका छन्।

Leave a Reply