बिहेको २ दिन अघि सुनिता दुलालले गरिन् इन्गेजमेन्ट

काठमाडौं । चर्चित लोक गायिका सुनिता दुलालको बिहेको २ दिन अघि इन्गेजमेन्ट भएको छ ।

रुकुम पश्चिम स्थायी घर भई हाल काठमाडौंको बानेश्वर बस्दै आएका व्यवसायी राजेश केसीसँग बिहीबार दिउसो दुवै परिवारको सानो जमघटका बिचमा गायिका दुलालको कौशलटारस्थित घरमा इन्गेजमेन्ट कार्यक्रम सम्पन्न भएको हो ।

यहीँ मङ्सिर १३ गते एक रिर्सोटमा थोरै व्यक्तिको जमघटमा दुवै जनाविच विवाह हुन लागेको पारिवारिक स्रोतले जनाएको छ । इन्गेजमेन्टको तस्बिर फेसबुकमार्फत सार्वजनिक गर्दै गायिका दुलालले नयाँ अध्यायको सुरुवात गरेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘जीवनको नयाँ अध्याय—एक अर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रोसँगको यो खुसी तपाईँहरूको आशिषमा अझ सुन्दर बनोस् । सुन्दर पलहरू ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *