नेपाली कम्युनिस्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपाबीच मंसिर ११ गते एकता हुने

काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण देखा परिरहँदा पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीच पनि एकताको औपचारिक घोषणा हुने भएको छ

नेपाली कम्युनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहबीच एकताको घोषणासभा यसअघि तय भएकोमा पूर्वनिर्धारित कार्यक्रम एक दिन पर सारिएको छ।

नेपाली कम्युनिष्ट पार्टी र राजेन्द्र श्रेष्ठ नेतृत्वको जसपा एकीकरण पक्षधरबीचको एकता घोषणा समारोह मंसिर १० गते हुने भनिएकोमा अब एक दिनपछि अर्थात् मंसिर ११ गते बिहीबारका दिनका लागि सारिएको हो

देशभरका विभिन्न भागमा रहेका नेता एवं अगुवा कार्यकर्ताहरूलाई आफूहरू पनि घोषणासभामा सहभागी हुन आग्रह गरेपछि कार्यक्रम एक दिनका लागि सारिएको जसपा नेता दुर्गा सुवेदीले जानकारी गराए

नेता सुवेदीका अनुसार घोषणासभा काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा दिनको बजे सुरु हुनेछ ।

एकतासभालाई भव्य बनाउन भोलि मंसिर १० गते सोह्रखुट्टे स्थित नेपा: राष्ट्रिय बैंकेटमा जसपाका नेता तथा कार्यकर्ताहरूको भेला आयोजना गरिएको छ । एकता समारोहमा नेपाली कम्मुनिष्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *