बाबुराम र सन्तोष परियारसँग मिसिनुअघि त्रिपुरेश्वरमा जनार्दन शर्माकाे भेला

काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानको पहिलो राष्ट्रिय भेला भेला गरेको छ। आज त्रिपुरेश्वरमा भेला गरेको हो।

भेलामा संयोजक शर्मासहित राम कार्की, सुदन किराँतीलगायत नेता कार्यकर्ताहरू सहभागी छन्। भोलि शर्मा नेतृत्वको अभियान, नेसपा नयाँ शक्ति र रास्वपा छाडेका सन्तोष परियारबीच पार्टी एकता हुँदै छ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा‍‍. बाबुराम भट्टराईले शर्मा, परियारसहित विभिन्न पार्टीबाट अलग भएकाहरूलाई एकैठाउँमा ल्याउन पहल गरिरहेका छन्।

पार्टी एकताको तयारीबारे जानकारी गराउनको लागि शर्माले आज भेला राखेका हुन्।

भेलालाई सम्बोधन गर्दै प्रचण्डको अवसरवादी चरित्रकै कारणले माओवादी विघटन भएको आरोप लगाए। भेलालाई अब बन्ने पार्टीको आगामी योजना समेत सुनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *