एनपीएल-२ : लुम्बिनीविरुद्ध कर्णालीले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा लुम्बिनीविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्

एनपीएलमा कर्णाली पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा कर्णाली चितवनसंग पराजित भएको थियो ।

लुम्बिनी भने दोस्रो जितको खोजीमा हुनेछ । लुम्बिनीले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *