
काठमाडौं । वर्डप्रेससम्बन्धी नेपालको सबैभन्दा ठूलो समुदायिक कार्यक्रम वर्डक्याम्प नेपाल २०२६ आगामी जनवरी २३ र २४, २०२६ मा बुटवलको मणिग्राम स्थित विश्राम बाटिकामा हुने भएको छ। राजधानी केन्द्रित कार्यक्रमहरूबाट बाहिर निस्कँदै, यस पटक लुम्बिनी प्रदेशलाई प्रविधि र डिजिटल विकासको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित बुटवललाई आयोजकले मुख्य स्थलका रूपमा छनोट गरेका छन्।
नेपालको डिजिटल अर्थतन्त्र तीव्र गतिमा विस्तार हुँदै गएको अवस्थामा, वेबसाइट निर्माण, सामग्री व्यवस्थापन तथा ई-कमर्स समाधानमा महत्वपूर्ण भूमिका खेलिरहेको वर्डप्रेससम्बन्धी ज्ञान र अवसर स्थानीय स्तरसम्म पुर्याउन यो कार्यक्रम महत्वपूर्ण मानिएको छ।
भैरहवा र लुम्बिनी जस्ता महत्वपूर्ण स्थान नजिक भएको तथा सांस्कृतिक, आध्यात्मिक र प्राकृतिक वातावरणले भरिपूर्ण बुटवलले देशभरिका सहभागीहरूलाई आकर्षित गर्ने आयोजकको विश्वास छ । मैदान र कालीगण्डकी नदीको दृश्यले सहभागीहरूलाई प्रेरणादायी सम्मेलन वातावरण प्रदान गर्नेछ।
कार्यक्रमका प्रमुख दिनहरू
१. कन्भिब्युटर डे – जनवरी २३
पहिलो दिन WordPress प्रोजेक्टमा प्रत्यक्ष योगदान दिने अवसर प्रदान गरिनेछ। सहभागीहरूले विभिन्न टिममा सहभागिता जनाउँदै सिकाइ, सहकार्य र भविष्य निर्माणमा योगदान गर्न सक्नेछन्।
२. कन्फरेन्स डे – जनवरी २४
दोस्रो दिन मुख्य सम्मेलन हुनेछ, जहाँ विशेषज्ञ वक्ताहरूका प्रस्तुति, प्यानल छलफल तथा व्यवहारिक कार्यशालाहरू रहनेछन्। वर्डप्रेसका नयाँ प्रवृत्ति, उपकरण, उत्तम अभ्यास र नवीनतम विकासबारे जानकारी लिन यो उत्कृष्ट अवसर हुनेछ।
यो कार्यक्रम निम्न समूहका लागि विशेष रूपमा उपयोगी मानिन्छः
-
डेभलपर
-
प्लगइन तथा थिम निर्माता
-
डिजाइनर
-
डिजिटल मार्केटर तथा SEO विशेषज्ञ
-
व्यवसायिक तथा स्टार्टअप सञ्चालक
-
कन्टेन्ट क्रिएटर
-
विद्यार्थी
-
सबै वर्डप्रेसप्रेमी
किन सहभागी हुने ?
-
वर्डप्रेसका नयाँ अपडेट, प्रविधि र अवसरको जानकारी पाउन
-
नेटवर्क विस्तार तथा नयाँ सहकार्यको सुरुवात गर्न
-
करियर विकासका लागि नयाँ सम्भावना खोज्न
-
वर्डप्रेस इकोसिस्टममा भइरहेको नवप्रवर्तन बुझ्न
वर्डक्याम्प नेपाल २०२६ का लागि अनलाइन दर्ता खुला गरिएको र टिकट यहाँबाट लिन सकिनेछ । https://nepal.wordcamp.org/2026/tickets/
कार्यक्रमबारे सम्पूर्ण जानकारी आयोजकले यहाँ राखेका छन्- https://nepal.wordcamp.org/2026/

Leave a Reply