अब नियमित महाधिवेशनको तालिका नस्वीकार्ने विशेष महाधिवेशन पक्षधर नेताको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ । आज काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलन गरेर विधान अनुसार आजको ५५ दिनभित्र विशेष महाधिवेशनको विकल्प नभएको नेता लेखनाथ पोखरेलले बताए ।

उनले भने, ‘निर्वाचनअघि नियमित महाधिवेशन सुनिश्चित भए पनि होस् भन्ने हाम्रो बुझाइ थियो । नियमित महाधिवेशन नभए विशेष महाधिवेशन होस् भन्ने ५५ प्रतिशत हस्ताक्षरकर्ताहरूको माग थियो । लामो समय बैठक बसे पनि अनिर्णयको बन्दी बनाउने काम भइरह्यो ।’

महाधिवेशनको मागलाई उपेक्षा गरेर नियमित महाधिवेशनका लागि पनि ढिलाइ हुने काम गरेको भन्दै नियमित महाधिवेशनको कार्यतालिका आफूहरूलाई स्वीकार्य नभएको बताए ।

उनले भने, ‘विधानको दफा १७ को उपदफा २ अनुसार विशेष महाधिवेशन हुनुपर्ने स्पष्ट व्यवस्था भएकोले पुस २८ भित्र विशेष महाधिवेशन हुनुपर्छ । यसबाहेक अन्य कुनै निर्णय मान्य हुँदैन ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *