राप्रपाले भन्यो- दुर्गा प्रसाईँलाई पक्राउ गरेर सरकारले तानाशाही प्रवृत्ति देखायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले वक्तव्य जारी गर्दै मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक घटना भनेका छन् । राप्रपाले प्रसाईँको पक्राउबाट सरकार फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने अप्रजातान्त्रिक र तानाशाही बाटोमा गएको आरोप लगाएको छ ।

राप्रपाले प्रसाईँको रिहाईको माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *