
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको बैठक बसेको छ। विभागका प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा च्यासलमा बैठक बसेको हो।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलको उपस्थिति रहेको बैठक आसन्न एघारौँ महाधिवेशनको प्रतिनिधिसँग सम्बन्धित विषयमा केन्द्रित रहेका नेता विशाल भट्टराईले बताए।
बैठकमा महाधिवेशनमा हुने प्रतिनिधित्वका कतिपय अस्पष्टताबारे छलफल भएको बताए। दलित संख्या वृद्धि गर्नुपर्ने विषय पार्टी केन्द्रीय सचिवालयलाई सुझाव दिनेबारे छलफल भएको नेता भट्टराईले बताए।
मतदान केन्द्र पालिका वा वडा अनुकूलता हेरेर सम्बन्धित जिल्लाले तय गरे बमोजिम हुने, युवाको उमेरको हकमा मंसिर १३ गते ४० वर्ष नकटेको हुनुपर्ने र उमेर नागरिकतामा भएको नै मान्य हुने निर्णय भएको पनि बताए।
आआफ्नो अनुकूलतामा प्रतिनिधि छनोट गरिए पनि मंसिर १५ गते भित्र केन्द्रमा नाम पठाउन निर्देशन दिएको छ। एमालेको महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा हुँदै छ।

Leave a Reply