नेकपा दर्तासँगै आयोगमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेनजी पार्टीको निवेदन फिर्ता

काठमाडौं । विभिन्न पार्टी मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएसँगै दल दर्ताको संख्या १२२ मा झरेको छ ।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लगायतका ५ दल एकीकरण भएर ५ वटै दल खारेज भएर नयाँ दल नेकपा दर्ता भएपछि १२६ दलबाट घटेर १२२ मा पुगेको हो ।

यस्तै थप एक दल नेपाल परिवर्तन पार्टी दर्ताको अन्तिम चरणमा प्रवेश गरेको र आयोगले निर्णय गरेपछि प्रमाणपत्र दिन सकिने अवस्थामा पुगेको आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार किरण विकले नेतृत्व गरेर दल दर्ताका लागि निवेदन दिएको राष्ट्रिय जेनजी पार्टीले निवेदन फिर्ता लिएको छ ।

आयोगका अनुसार आयोगमा दल दर्ताका लागि निवेदन दिने दलको संख्या ३० वटा रहेका छन् । जसमा कतिपय दलले सनाखत गरिरहेका छन् भने कतिपयले सनाखत सुरु नै गरेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *