घोबिघाटमा आज पनि कांग्रेस कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बसेको छ। केन्द्रीय समिति बैठक रोकेर ललितपुरको धोबिघाटमा आज पनि नेताहरू छलफलमा जुटेका हुन्।

कांग्रेसमा महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्नेमा विवाद छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

तर संस्थापन पक्ष चुनावपछि वैशाखमा महाधिवेशन गर्ने पक्षमा छ। हिजो पनि घोबिघाटमै केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *