सत्ताको लोभमा असंवैधानिक गतिविधि गरेको भन्दै एमालेविरुद्ध मधेशका सात दल सडकमा

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध विपक्षी सात दलले सडकमा उत्रिएका छन्। एमालेका सरोजकुमार यादवलाई असंवैधानिक ढंगले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै शनिवार जनकपुरमा जनप्रदर्शन गरेको हो।

नेकपा एमालेले गैरकानुनी, गैरसंवैधानिक, गैरनैतिक र गैर राजनीतिक हर्कत गरेको विपक्षीको आरोप छ।

एक नेताले भने, ‘सत्ताको लोभमा एमालेले असंवैधानिक रूपमा नेकपा एमालेका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले गैरकानुनी तबरले नियुक्त गर्‍यो । अब सभामुखले कानुन विपरीत प्रतिशोधको राजनीतिक तबरले पाँच जना माननीय सदस्यहरूलाई कारबाही गरेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *