
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हालै गरेको सिनेट सदस्य मनोनयनको निर्णयप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ।
संगठनका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा जारी विज्ञप्तिमा विश्वविद्यालयभित्रको लोकतान्त्रिक अभ्यास, योग्यतामूलक प्रतिनिधित्व र विद्यार्थी आन्दोलनको ऐतिहासिक भूमिकालाई बेवास्ता गर्दै मनोमानी ढङ्गले मनोनयन गरिएको आरोप लगाइएको छ।
देशभरका क्याम्पसहरूमा सक्रिय रूपमा विद्यार्थी हकहितका लागि संघर्षरत अखिल क्रान्तिकारीलाई सुनियोजित रूपमा उपेक्षा गरिएको उल्लेख गरिएको छ।
त्रिविले पञ्चायतकालिन त्रिवि ऐनको हवाला दिएर तात्कालिन रूपमा सिनेट सदस्य मनोनयनमा गरिएको अन्यायपूर्ण र मनोमानी निर्णय खारेज गरी, विद्यार्थी आन्दोलनको योगदान, लोकप्रियता र वैध प्रतिनिधित्वलाई सम्मान गर्ने प्रक्रिया अंगीकार गर्न माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यदि त्रि।वि। प्रशासनले तत्काल यस निर्णयमा पुनर्विचार नगरेको खण्डमा, अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिवि र यस अन्तर्गतका सम्पूर्ण क्याम्पसहरूमा आन्दोलनका विभिन्न कार्यक्रमहरू घोषणा गर्न बाध्य हुनेछ, जसको सम्पूर्ण जिम्मेवारी स्वयंम त्रिवि प्रशासननै हुनेछ भन्ने कुरा यसै विज्ञप्ति मार्फत सबै सम्बन्धित निकायलाई जानकारी गराइन्छ ।’

Leave a Reply