पार्टीपंक्तिलाई पूर्णबहादुरले भने- कांग्रेस हतारमा निर्णय गरेर पछि पछुताउँदैन, उपयुक्त निर्णय लिँदैछौं

काठमाडौं । नेकपा कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनबारे चर्को बहस भइरहेको बेलामा निर्णय लिन केही ढिला भएको स्वीकारेका छन्। यद्यपि, हतारमा निर्णय गरेर पछि पछुताउनको काम नगर्ने गरी उपयुक्त लिने बताएका छन्।

खड्काले भनेका छन्, ‘मेरो बारेमा सार्वजनिक रूपमा यहाँहरूले गर्नु भएको जस्तो सुकै टिप्पणीहरूलाई मेरो सदा सम्मान छ र रहने छ। यिनै टिप्पणीहरू नै मेरा लागि शक्ति र मार्गदर्शन हुन्छन्।’

इतिहासमै देश र पार्टी माथि देखिएको प्रतिकुल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भएको बताए।

उनले थपेका छन्, ‘हतारमा निर्णय गरेर पछि पछुताउनु भन्दा, पार्टीलाई एकताबद्ध राखेर प्रतिकुल समयको पदचापलाई सामना गर्न, हाम्रा विगतका गल्ती–कमजोरी स्विकारी नेपाली जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एक पटक काँग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ।’

सबैले एकताबद्ध भएर यो महत्त्वपूर्ण मर्मलाई बुझिदिई धैर्यता राखिदिन अनुरोध गरेका छन्। कांग्रेसमा महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्नेबारेमा चर्को विवाद छ।

महाधिवेशनको मितिमा सहमति जुट्न नसकेपछि आज बस्ने गरी बोलाइएको केन्द्रीय समिति बैठक पनि सोमबारसम्मका लागि स्थगित गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *