
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का संयोजक घनश्याम भुसाल संरक्षित नेकपा वामपन्थी केन्द्र (बाँके) निर्वाचन आयोगमा दल दर्ताको अन्तिम चरणमा पुगेको छ ।
तत्कालीन नेकपा एसको केन्द्रीय समितिको बहुमत निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित हुने निर्णय गरेसँगै तत्कालीन महासचिव भुसाल नेतृत्वको समूहको संयोजक तोकिएका थिए ।
नयाँ राजनीतिक दल हुनुका कारण उत्पन्न कानुनी व्यवधानका कारण अब उक्त नाममा दलीय गतिविधि नगर्ने निचोडमा घनश्याम समूह पक्षले जनाएको छ ।
सूर्यमुखी फुललाई चुनाव चिह्न दाबी गर्दै प्रस्तावित नेकपा बाकेले आइतबारसम्म दल दर्ताको प्रमाणपत्र प्राप्त गर्ने निर्वाचन आयोगले जनाएको छ ।
दर्ताका लागि प्रस्तावित दल बाँकेका केन्द्रीय सदस्य योगेन्द्र बस्नेत (अमृत सागर) का अनुसार भविष्यमा घनश्याम पक्षसँग एकता हुनसक्ने छ ।
उनले भने, ‘उहाँहरू हाम्रो पार्टीमा आउनुभयो भने स्वागत गर्छौँ, अहिलेचाहिँ उहाँहरू हुनुहुन्न ।’

Leave a Reply