‘होल्डिङ फ्यूल’ कम भएपछि दुबईबाट आएको नेवानीको जहाज काठमाडौं ल्याण्ड हुन सकेन, दिल्ली डाइभर्ट

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन नसक्दा भारतको दिल्ली डाइभर्ट भएको छ । दुबईबाट आएको आरए २३० नम्बरको जहाज विमानस्थलमा होल्डिङमा समस्या हुँदा दिल्ली गएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्तामा रिन्जी शेर्पाका अनुसार उक्त जहाज आज बिहान १० बजेर ५८ मिनेट जाँदा ल्याण्ड भइसक्नु पर्ने थियो । तर, उडान अवतरणका क्रममा विमानस्थलमा चाप हुँदा उक्त जहाज आकाशमै होल्ड हुनु पर्‍यो । तर, लामो समयसम्म होल्ड गर्नका लागि ‘होल्डिङ फ्यूल’ कम भएकाले दिल्ली डाइभर्ट गरिएको उनले जानकारी दिए।

प्रवक्ता शेर्पाले भने, ‘जहाज केही समय आकाशमै होल्ड हुनुपर्ने भयो । तर जहाजमा होल्डिङ फ्यूल कम देखिएपछि दिल्ली पठाइएको छ ।’

उक्त जहाजमा दिल्लीमा ल्याण्ड गरेर भरे पुनः काठमाडौं फर्किने प्रवक्ता शेर्पाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *