सभापति र बहुमतले भन्यो भन्दैमा सबै कुरा मैले स्वीकार्दै जानु मेरो गल्ती भयो- गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १४ औँ महाधिवेशनबाटै नेतृत्व परिवर्तन गर्न नसकेर गल्ती भएको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै शेरबहादुर देउवालाई सभापति बन्न दिनु नै ठुलो गल्ती भएको बताए।

उनले बैठकमा भने, ‘मैले २०६८ सालदेखि पार्टीमा बुढा नेताहरूलाई बिदाइ गरेर युवा नेताहरूको बाहुल्यता गराउनुपर्छ भन्दै आए तर, १४ औँ महाधिवेशनमा उहाँकै महामन्त्री बने। १४औँ महाधिवेशनमा दुई पटक सभापतिको उम्मेदवार हुँदा मैले दुवै पटक शेखर कोइरालालाई मत दिएको हो। दिएको मात्र होइन, जिताउन भरमग्दुर प्रयास गरेको। किनकि म सत्य सभापति सभापतिको त्यो जेनेरेसन, राजनीतिक दलको नेतृत्वबाट बिदा हुनुपर्छ भन्ने ठान्थेँ।’

उनले पार्टीमा आफूले राखेको कुरा निर्णय गराउन नसकेपछि बहुमतको भन्दै मान्नु नै गल्ती भएको स्वीकारे।

उनले भने, ‘मैले गल्ती गरेकै हो। त्यो कुरा राखिसकेपछि मैले के निर्णय गराउन सक्छुरु सही निर्णय गराउन नसकेको भए म चुनाव नलड्नुपथ्र्यो। सभापति र बहुमतले भन्दैमा सबै कुरा मान्न हुँदैनथ्यो। मैले निर्णय नै गराउन दिन हुँदैनथ्यो। तर, मैले मान्दै आएर गल्ती गरे।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *