उच्च अदालत तुलसीपुरमा आगजनी र तोडफोड गर्ने ५ पक्राउ

दाङ । जेन्जी आन्दोलनक्रममा ढुङ्गामुढा, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुरबाट ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर–७ राजापुरका २६ वर्षीय रुपेश नेपाली, सल्यानको बागचौर नगरपालिका २ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने १८ वर्षीय सुनिल वली, तुलसीपुर उपमहानगरपालिका ५ बसापर्कका २० वर्षीय करण सुनार, १८ वर्षीय मुकेश भण्डारी र तुलसीपुर ६ शान्तिनगर टोलका १८ वर्षीय ज्ञानेन्द्र गन्धर्व छन् ।

भदौ २४ गते जेन्जी आन्दोलनक्रममा उच्च अदालत तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बसपार्कमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरुले कार्यालयका झ्यालढोका फुटाउने, कागजात जलाउने, र कार्यालय सामग्री लुटपाट गर्ने कार्य गरेका थिए ।

प्रहरीले घटनास्थलबाट तोडफोड र आगजनीमा प्रयोग भएका विभिन्न सामग्री र प्रमाण संकलन गरेको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको पनि पहिचान भएको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *