
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले दर्ता गराएको पार्टी उज्यालो नेपालले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने साथै पारदर्शिता, उत्तरदायित्व र विश्वसनीयता अभिवृद्धि गर्ने उद्देश्य राखेको स्पष्ट पारेको छ ।
बुधबार पार्टीको प्रस्तावनासहितको सिद्धान्त, उद्देश्य, कार्यक्रम र पार्टी संरचना सार्वजनिक गर्दै समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद, बहुसांस्कृतिवाद र राष्ट्रिय एकतालाई आधारभूत सिद्धान्तका रुपमा अघि बढाउने उल्लेख गरिएको छ । पार्टीले समुन्नत र समृद्ध सामाजिक न्यायसहितको स्वाभिमानी राष्ट्र निर्माणको सङ्कल्प राखेको छ ।
दल अद्यावधिक पछि जारी विज्ञप्तिअनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष महिला एक, महासचिव एक, उपमहासचिव (एक महिलासहित) दुई, सचिव (तीन महिलासहित) ७ र कोषाध्यक्ष एक जना रहने व्यवस्था गरिएको छ ।
पार्टीलाई प्रवेश शुल्क र नवीकरण शुल्क बापत २०० रुपैयाँ बुझाउनु पर्ने उल्लेख छ । विस्तृतमा हेर्नुहोस्
(अद्यावधिक गरिँदै…)











Leave a Reply