
हेटौँडा । सूर्य नेपालको कर्मचारी भन्दै कम्पनीका लागि सामान खरिद गर्ने बहानामा हेटौँडाका विभिन्न व्यवसायीलाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
उनीहरूले अनलाइनबाट सामान अर्डर गरी रकम जम्मा गरेको नक्कली बैंक भौचर ह्वाटस एपमा पठाएर १७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
उनीहरूले हेटौँडाबाट सामान वीरगन्जमा डेलिभरी गर्न लगाएका थिए । स्थापित कम्पनीका नाममा नक्कली काम गर्ने पर्साको वीरगन्ज-२४ का २८ वर्षीय राजु सर्राफ, वीरगन्ज-१९ का ४० वर्षीय को राम राउत कुर्मी र वीरगन्ज-३२ टेटा घर भई हेटौँडा-१० टिसिएनरोडमा डेरामा बस्ने ४० वर्षीय नितेश कुमार केशरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।
यसअघि सूर्य नेपालका नाममा बारा, पर्सा र मकवानपुरबाट करोडौँका सामान अर्डर भएको र सूर्य नेपालले यस्तो सामान अर्डर नगरेको पाइएको थियो ।
पीडितहरू प्रहरीमा गएका थिए भने सूर्य नेपालले पनि आफ्ना नाममा बजारमा ठगी भइरहेकाले छानबिनका लागि वीरगन्ज प्रहरीमा उजुरी दिएको थियो ।
वीरगन्ज प्रहरीले सोमबार मात्रै नक्कली बिल देखाएर सामान ठगी भइरहेकाले यस्तोमा नपर्न सर्वसाधारणलाई आग्रह गरेको थियो ।

Leave a Reply