
जेन-जीका बारेमा अहिले यस्तो कुरा गरिँदै छ, मानौँ उनीहरू कुनै अर्कै लोकबाट आएका हुन्। यहाँका अरू मानिसहरूसँग उनीहरूको कुनै साइनो सम्बन्ध नै छैन। उनीहरूले जानेका कुरा अरू कसैले जान्दैनन् वा जानेकै छैनन्। मानौँ यो पुस्ताका मानिसहरूका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय बिल्कुलै फरक छन् र तिनीहरूले गर्ने काम नितान्त भिन्न हो।
मानौँ उनीहरूले उठाएका भ्रष्टाचारका मुद्दा उनीहरूको मात्र हो, उनीहरूका लागि मात्र हो, क्रान्तिकारी वर्ग उनीहरू नै हुन् वा सुशासन उनीहरूलाई मात्र आवश्यक छ र समस्या उनीहरूका मात्र हुन्। अर्कोतिर केही मानिसहरू यो पुस्तालाई ढोंडे, इतिहासबाट बेखबर, परिवार र सामाजिक सम्बन्धहरूबारे उदासीन, धर्म-संस्कृतिबाट टाढा रहेका, व्यवहारशून्य, मोबाइलका कीरा, मानवीय चेत र हृदय नभएका वज्रस्वाँठ ठान्दछन्।
जेन-जीका विषयमा आउने यी दुवै विचार र मान्यता सर्वथा गलत छन्। हो, देश र दुनियाँमा आएका राजनीतिक, प्राविधिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा आएका प्रायः नियमित र केही विशेष परिवर्तनहरूले अहिलेका मानिसको सोचाइ र सोच्ने तरिकामा परिवर्तन आएको छ, जुन स्वाभाविक हो।
यो समस्या समाधानका सरोकारवाला को हुन्? कसले के गर्दा समस्या समाधान हुन्छ? बाटोघाटो, पुलपुलेसा गाउँ छोड्ने माध्यम बनेका छन्। यस विषयमा एउटै जवाफ केही छ? छैन। तर, भदौ २३ र २४ गतेको घटनाले के देखाइदियो भने योजनाबद्ध रूपमा केही गर्ने हो भने देशमा युवा जनशक्तिको अभाव छैन।
अहिलेका माग र मुद्दा फेरिएका छन्। उहिलेका साधनस्रोत अहिलेका लागि पर्याप्त नहुनु/नलाग्नु स्वाभाविक हो। यसअघिका आन्दोलनले फेरिएका सकारात्मक अवस्था अहिले अपुग भएका छन्। पहिले बाटो, बिजुली, खानेपानी, यातायातका न्यूनतम व्यवस्था थिएन, अघिल्लो पुस्ताले त्यही माग्यो र त्यही पायो। पहिले स्कुल, कलेज थिएन, त्यही नै माग र मुद्दा थियो।
अहिले बिजुलीको उज्यालोमा बसेर, घर नजिकैको स्कुल-कलेजमा पढेर, घरभित्रै पुगेको धाराको पानीमा नुहाएर, आँगनकै ढुङ्गासम्म पुगेको कालोपत्रे वा ढलान बाटोमा यातायातको साधन प्रयोग गर्न पाएकाहरूले थप नयाँ कुरा सोच्नु, खोज्नु कत्ति पनि अस्वाभाविक विषय होइन।
हिजो राजा-महाराजा, सामन्त, ठालु, महाजनहरूको थिचोमिचो र तजबिजी व्यवस्थामा साँगुरिनुपर्दाको माग-मुद्दा र लोकतान्त्रिक गणतन्त्रको फराकिलो क्षितिजमा खोजिने माग-मुद्दामा फरक आउनु बिल्कुल सकारात्मक हो। काग कराएको भरमा सूचना तथा सञ्चारको अनुमान गर्नुपर्ने, बिहानमा पूर्व र बेलुका पश्चिमको बादल हेरेर मौसमको भर पर्नुपर्ने अवस्थाबाट हाम्रो समाज धेरै अगाडि बढिसकेको छ।
परदेश गएको आफन्तको मृत्युको खबर कयौँ दिनमा धागोले बाँधेको चिठी आएपछि सूचित हुने जमाना छैन। यी र यस्ता अनेकौँ विकास र परिवर्तनले नयाँ चेतना, नयाँ जागरण ल्याइदिएको छ। यसले नयाँ माग, नयाँ मुद्दा उठाउन सघाएको छ, नयाँ समाधान खोजेको छ। यसले पुरानो पुस्ताका कतिपय अगुवाहरूमा आश्चर्यको सञ्चार भएको होला, तर अहिले परिवर्तनको गति मन्द होइन, तीव्र हुने पूर्वाधार छन्। यसतर्फ हामी सबैले ध्यान दिनु आवश्यक छ।
वास्तवमा के हो त जेन-जी? यो एउटा पुस्ताको नामकरण मात्र हो। जेन-जी (Gen-Z) अर्थात् जेड पुस्ता। सन् १९९७ देखि २०१२ सम्म जन्मेका मानिसहरूको पुस्तालाई जेन-जी (Gen-Z) अर्थात् ‘जेनेरेसन’ (Generation) को छोटकरी रूप ‘जेन’ (Gen) हो । ‘Z’ को उच्चारण ‘जी’ हो । यसरी जेन-जी शब्द बनेको देखिन्छ । ‘जेन-जी’ भनेपछि पुस्ता भन्नु पर्दैन । अहिले बढीमा २८ वर्ष र कम्तीमा १३ वर्षका मानिसहरू जेन-जी हुन्।
जेन-जी प्रविधिमैत्री, छिटो प्रतिक्रिया दिने तर उपभोगतर्फ बढी आकर्षित भएको पुस्ता हो। भावुक तर भावनाप्रति उदासीन, सजिलै प्रभावित हुने यीनको सक्रियता समाजका लागि अवसर र चुनौती दुवै हो।
‘जेन-जी’ भन्ने शब्द नेपाली समाजमा नयाँ हो। तर यसको दायरामा आउने पुस्ता भने हाम्रो वरिपरिकै छ। सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवापुस्तालाई संसारभर ‘जेन-जी’ वा Generation Z भनेर चिनिन्छ। मिलेनियल पुस्तापछि आएको यो पुस्ता विज्ञान प्रविधि, सूचना प्रवाह, डिजिटल जीवनशैली र सामाजिक सञ्जालसँग गहिरो रूपमा गाँसिएको छ।
पुस्ता भएपछि पुस्तान्तरण हुन्छ। पहिले राजा मरेपछि राजाको छोरा राजा हुने प्रचलन थियो। भुटानबाहेक राजतन्त्र भएका देशमा अहिले पनि त्यस्तै छ। तर लोकतन्त्रमा निर्धारित विधिद्वारा निर्वाचित भएकाहरूले शासन सञ्चालन गर्ने गर्दछन्। उमेर आदि विषय संविधान, विधान, ऐन, नियममा निर्धारित गरिएको हुन्छ।
हिजो राजा-महाराजा, सामन्त, ठालु, महाजनहरूको थिचोमिचो र तजबिजी व्यवस्थामा साँगुरिनुपर्दाको माग-मुद्दा र लोकतान्त्रिक गणतन्त्रको फराकिलो क्षितिजमा खोजिने माग-मुद्दामा फरक आउनु बिल्कुल सकारात्मक हो।
जतिसुकै वृद्ध वा जवान, विद्वान् वा अल्पज्ञ, औपचारिक प्रमाणपत्रधारी वा स्वाध्यायी, जे जस्तोसुकै होस् तोकिएको विधि-प्रक्रिया अनुसार नेतृत्वमा रहने या नरहने प्रावधान हुन्छ। अरू कुरा तपसिलका हुन्।
अहिले धेरैको मुखमा झुन्डिएको पुस्ता (जेन-जी) न पहिलो पुस्ता हो, न मानवजातिको अन्तिम पुस्ता हो । यो एउटा नामकरण मात्र हो। पृथ्वीको पश्चिमी गोलार्द्धमा अध्येताले ल्याएको मानवजीवनको समय विभाजनको एउटा स्वरूप हो।
हाम्रो पूर्वीय प्रचलनमा यो मितिदेखि यो मिति सम्मको भनेर विभाजन नगरिएको भए पनि जन्मदेखि जीवित रहँदासम्मको उमेर विभाजनको नामकरण रहेको पाइन्छ।
नेपाली विद्वान् शिवराज बरालले आफ्नो पुस्तक ‘आचार मञ्जरी’ मा लेख्नुभएको छ:
जन्मेर दाँत नहुँदा “शिशु” नाम हुन्छ । तीन वर्षसम्म अनि “बालक” मा गनिन्छ।।
त्यस्देखि पाँचतकलाई “कुमार” भन्नू। “पौगण्ड” हो अनि उता दश वर्ष गन्नू।।
हो सोह्रसम्म त “किशोर” पछी “जवान”। हूनेछ “वृद्ध” पछि सत्तरिदेखि जान।।
जानून् “किशोर” जनले भनि लेखिएको “आचार मञ्जरि” भनीकन तोकिएको।
(प्रस्तुत श्लोकको भाषा जस्ताको तस्तै राखिएको छ।)
अर्थात् जन्मदेखि दाँत नउम्रदासम्म शिशु, दाँत उम्रेदेखि तीन वर्षको हुँदासम्म बालक/बालिका, तीनदेखि पाँच वर्षसम्म कुमार, पाँचदेखि दस वर्षसम्म पौगण्ड, दसदेखि सोह्र वर्षसम्म किशोर, त्यसपछि युवा (जवान) भनिएको छ। सत्तरी वर्ष माथिका वृद्ध भनिएको छ।
जेन-जीको आन्दोलनपछि केही मानिसहरूलाई लाग्यो जेन-जी भनेको त आन्दोलनकारी हो, क्रान्तिकारी हो र जे गर्छ, यसैले गर्छ भन्ने भ्रम पनि धेरैमा रहेको हुन सक्दछ। यो एउटा निश्चित समयावधिमा जन्मेका मानिसहरू हाम्रा आफन्त हुन्। उनीहरूलाई हामीले माया गरेर हुर्काएका हौं।
उनीहरूको सुखद भविष्यका लागि हामी अनेकौँ दुःखकष्ट सहँदै, त्याग गर्दै आएका छौँ। उनीहरूको शिक्षादीक्षामा, स्वास्थ्यमा हामी सदैव चिन्तित र क्रियाशील रहँदै आएका छौँ। उनीहरूको रोजगारीका लागि हामी उत्तिकै चिन्तित छौँ। उनीहरूका लागि हामीले ऋणको भारी बोकेका छौँ ।
उनीहरूका हात-हातमा मोबाइल पुर्याएका छौँ। उनीहरूको सहज र सुखद जीवनका लागि देवीदेवता भाक्ने, ज्योतिषीका घर धाउने, धामी-झाँक्री मनाउनेसम्मका सबै काम हामीले गरेका छौँ। विश्वास-परवाह नगरी कालो धागो, कालो टीका लगाइदिएका छौँ, किन ? किनकि हामी हाम्रा सन्तानको स्वास्थ्य, शिक्षा, सुख, समृद्धिको अनन्त कामना गरेका हुन्छौँ।
‘जेन-जी’ भन्ने शब्द नेपाली समाजमा नयाँ हो। तर यसको दायरामा आउने पुस्ता भने हाम्रो वरिपरिकै छ। सन् १९९७ देखि २०१२ सम्म जन्मिएका युवापुस्तालाई संसारभर ‘जेन-जी’ वा Generation Z भनेर चिनिन्छ। मिलेनियल पुस्तापछि आएको यो पुस्ता विज्ञान प्रविधि, सूचना प्रवाह, डिजिटल जीवनशैली र सामाजिक सञ्जालसँग गहिरो रूपमा गाँसिएको छ।
अनि, हामी र उनीहरू, हाम्रो स्वार्थ र उनीहरूका चाहना भिन्न हुन सक्छन् त? सक्दैनन्। उनीहरूलाई चोट लाग्दा हामीलाई दुख्छ, उनीहरू ननिदाउँदा हामीलाई अनिँदो हुन्छ, उनीहरूले नखाँदा हामी भोकै हुन्छौँ। त्यसैले केही अपवाद र दुर्बुद्धिबाहेक जेन-जी र अघिल्लो पुस्ता विरोधी पुस्ता होइन, हुनै सक्दैन। उनीहरूले पाउने अधिकारमा हाम्रा अधिकार काटिँदैनन्। उनीहरूले प्राप्त गर्ने निर्वाध अधिकार नै हाम्रो पुस्ताका लागि सबैभन्दा ठूलो सुखको विषय हो।
हाम्रो पूर्वीय मान्यतामा संस्कारका रूपमा सन्तानको अधिकार बा-आमाको कर्तव्यको विषय अनिवार्य छ। शिशु जन्मेपछि मात्र होइन, जन्मनुपूर्व नै त्यस्ता प्रावधानहरू लागू हुन्छन्।
गर्भमा रहेका शिशुको यथेष्ट बौद्धिक एवं मानसिक विकास होस् भनेर गर्भ रहेको तीन महिनाभित्रमा पुंसवन संस्कार गरिन्छ।
आमाको मन खुसी रहोस् र गर्भमा रहेको शिशुको उन्नयन-समुचित विकास होस् भनेर सीमन्तोन्नयन संस्कार गरिन्छ। शिशु जन्मेपछि बल बुद्धियुक्त, स्वस्थ, दीर्घायु होस् भनेर जातकर्म संस्कार गरिन्छ। जन्मेको ११ दिनमा उसको पहिचानको पहिलो अधिकारको रूपमा नाम प्रदान गरिन्छ। यसलाई नामकरण संस्कार भनिन्छ।
जन्मेको चार महिनामा बाहिरी वातावरण अनुकूलनका लागि घर बाहिर लैजाने निष्क्रमण संस्कार गरिन्छ। क्रमशः अन्नप्राशन संस्कार – पास्नी गरिन्छ। टाउको बलियो भयो भन्ने भएपछि शिशुको कपाल खौरने मुण्डन संस्कार गरिन्छ। यो काम प्रायः तीन वर्षभित्रमा गरिन्छ। यसरी गुरुका समीप राख्ने उपनयन, विद्या प्रारम्भ, दीक्षान्त (समावर्तन) र विवाह संस्कार गरिन्छ। यी संस्कारहरू जन्मनुअघिदेखिका हुन्। हाम्रो पारम्परिक संस्कार नै यति सघन प्रेमयुक्त, जिम्मेवारीपूर्ण, भावमय छन्।
नवयुवा पुस्ता सबै कुरा छोटो, छिटो-छरितो रुचाउँछन्। उनीहरू ब्रदर (Brother) लाई ब्रो भन्न रुचाउँछन्। सिस्टरलाई सिस्, ड्याडीलाई ड्याड, मम्मीलाई मोम भन्छन्, कार्बोहाइड्रेट (Carbohydrate) लाई कार्ब्स (Carbs) भन्दछन्। यी त केही उदाहरण मात्र हुन्। अहिलेका पाका पुस्ताका हामी पनि नवयुवा छँदा तत्कालीन शासन-सत्ताका विरुद्ध आन्दोलनमा होमियौँ।
नेपाल कम्युनिष्ट पार्टीलाई नेकपा भन्यौँ। नेपाली काँग्रेसलाई नेकाँ भन्यौँ। काठमाडौँलाई केटीएम भनेकै हौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनलाई अनेरास्ववियु र नेपाल विद्यार्थी सङ्घलाई नेविसंघ भनेका छौँ। शाही नेपाल वायुसेवा निगम त शानेवानि कै नामले चिनिन्थ्यो, अहिले नेवानि भनिन्छ। त्रिभुवन विश्वविद्यालयलाई त्रिवि भनेर नै बुझिन्छ। रूपमा हेर्दा यस्ता विषय कुनै नयाँ-नौला होइनन्।
समाजमा जहिले पनि दुई वर्गबीच सङ्घर्ष चलिरहेको पाइन्छ। हरेक कालखण्डमा शासक र शासित वर्ग भिन्न हुने गरेको देखिन्छ । युगअनुसार दास र मालिक, सामन्त र कृषक, रजौटा र प्रजा, सम्राट् र राजा, राष्ट्रिय स्वाधीनता र उपनिवेश, राष्ट्रिय स्वाभिमान र विस्तारवाद, पुँजीपति वर्ग र श्रमिक, दलाल पुँजीवाद र राष्ट्रिय पुँजीपति, एकाधिकार पुँजीवाद र राष्ट्रिय पुँजीवाद, दलाल र उत्पादक शक्ति आदि बीचमा अन्तर्विरोध रहेको देखिन्छ। बौद्धिक श्रम गर्ने सुकिला श्रमजीवी र शारीरिक श्रम गर्ने मलिन श्रमजीवी बीचको भिन्नता पनि एक प्रकारको सवालका रूपमा रहेकै छ।
यसै सेरोफेरोमा धर्मको विषय देखापर्यो अर्थात् धार्मिक अन्तर्विरोध-प्राचीन धर्म र नयाँ धर्म, वैदिक धर्म र अन्य प्राकृतिक धर्महरू आदि। यसो भएपछि धार्मिक र नास्तिक बीचको अन्तर्विरोध पनि जन्म्यो। शिक्षित र अशिक्षित, सानो जात र ठूलो जात, महिला र पुरुष, लैङ्गिकता र लैङ्गिक अल्पसङ्ख्यक जस्ता विषय पनि सामाजिक अन्तर्विरोधका रूपमा देखिएका विषय हुन्।
यस्ता भिन्नता र अन्तर्विरोध कतिपय प्राकृतिक र स्वाभाविक भए पनि विभेदलाई स्वाभाविक मान्न सकिँदैन। विभेद हटाउन सम्बन्धित स्तरमा आन्दोलन गर्नु आवश्यक हो। यसो हुँदै आएको पनि छ। तर, उमेर? उमेर त आन्दोलन गरेर व्यवस्थापन गर्ने विषय होइन।
सामाजिक सौहार्द, सहिष्णुता, समभाव देखिनसक्ने आपराधिक तत्वले एउटा उमेर समूह र अर्को उमेर समूहकै बीचमा ठूलो खाडल खनेर विध्वंसको ताण्डव हेर्यो। हामी सहन बाध्य भयौँ। यो बाहिरी खेल हो, हाम्रो संस्कार, संस्कृति, परम्परा, मूल्यमान्यता विरोधी भाष्य खडा गरेर उमेर समूह बीचको प्राकृतिक भिन्नता वा दूरीलाई वैरभावमा उभ्याउने प्रयत्न भइरहेको छ। यसबाट हामी सबै सावधान र सचेत रहनुपर्दछ र जोगिनुपर्दछ।
कतिचाहिँ गैर-जेन-जी पुस्ताले बुझ्न आवश्यक छ भने यो जेन-जी पुस्ता त्यस्तो समयमा जन्मिएको हो, जब मोबाइल, कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल र सूचना प्रविधि तीव्र गतिमा विस्तार भइरहेको थियो। यस कारण यो पुस्ताले प्रविधिलाई मात्र सिकेन, बरु प्रविधिमै जन्मिएको र हुर्किएको पुस्ता बन्यो। छोटकरीमा भन्ने हो भने यो पुस्ताले ‘डिजिटल अफिस’ होइन, ‘डिजिटल जीवन’ अनुभव गरेको छ।
यो पुस्ता छिटो बुझ्ने, छिटो प्रतिक्रिया दिने, छिटो प्रभावित हुने र छिट्टै निष्कर्ष निकाल्ने प्रवृत्तिका कारण परिचित छ। टिकटक, इन्स्टाग्राम, फेसबुकजस्ता प्लेटफर्ममा छोटकरी जानकारी, छोटकरी मनोरञ्जन र छोटकरी प्रतिक्रिया दिने अभ्यासले यो पुस्तालाई द्रुत वा छिटो बनाएको छ। तर, यही छिटो बुझ्ने र छिटो प्रतिक्रिया दिने क्षमताले कहिलेकाहीँ गहिरो सोच, धैर्यता र दीर्घकालीन दृष्टिकोण कमजोर बनाइदिन्छ।
धेरैले गाउँ रित्तियो, गाउँमा मलामी छैनन्, गाउँ वृद्धाश्रम बन्यो भनेर चिन्ता जाहेर गरिरहेका छौँ। यस्तो विषय सामाजिक अध्येता, अर्थशास्त्री, पत्रकार, राजनीतिकर्मी आदिबाट बारम्बार सुनिँदै आएको छ। तर यस विषयमा कहीँ योजनाबद्ध बहस भएको छ?
जेन-जी ले प्रविधिको प्रयोग गर्नमा त चपलता देखाएको छ, तर नयाँ अनुसन्धान, गहिरो अध्ययन र मौलिक आविष्कारमा योगदान गरेको खासै देखिँदैन। सायद यो पुस्ताले उपभोक्ताको भूमिकामा बढी सहजता पाएको छ। अरूले बनाएको प्रविधि, सिर्जना र सेवाको उपयोग गर्ने र त्यसमा छिटो अनुकूलन हुने यो पुस्ताको ठूलो क्षमता हो। तर मौलिक सिर्जना, अनुसन्धान र नयाँ सम्भावनाको विकासमा भने अपेक्षित योगदान नदेखिनु चिन्ताको विषय हो।
यो पुस्तामा एउटा ठूलो विरोधाभास छ। आफूहरू छिट्टै भावुक हुन्छन्, भावनामा तानिन्छन्, तर अरूको भावनाको सम्मान गर्न भने धेरै चासो देखाउँदैनन्। सामाजिक सञ्जालमा ट्रेन्ड हुने विषयमा भावनात्मक प्रतिक्रिया दिन्छन्, तर नजिकैको मानिसको पीडाप्रति धेरै संवेदनशील देखिँदैनन्। यसरी भावुक र निर्मम दुवै विशेषता एउटै पुस्तामा देखिनु सामाजिक अध्ययनका लागि रोचक पक्ष हो।
विकसित तथा उन्नत समयमा जन्मेका हुनाले जेन-जी पुस्ता उपभोगप्रति बढी आकर्षित छ। नयाँ वस्तु, नयाँ ग्याजेट, नयाँ फेसन वा नयाँ अनुभव उपभोग गर्नमा उनीहरूको विशेष रुचि हुन्छ। यो पुस्ता सिर्जनाभन्दा पनि उपभोगमा बढी सहज हुने भएकाले सजिलै अरूको साधन र शक्तिबाट प्रयोगमा आउने खतरा पनि रहन्छ।
उपभोक्तावादी प्रवृत्तिले व्यक्तिगत स्वतन्त्रता बढाएजस्तो देखाए पनि दीर्घकालीन रूपमा समाजलाई निर्भरता र कमजोर बनाउने जोखिम हुन्छ। यस पुस्तालाई हिजोको पुस्ताका सकारात्मकतासँग जोड्न सबै क्षेत्रका अगुवाहरूले ध्यान दिनु आवश्यक छ। यो पुस्तालाई हेप्नु, दुत्कार्नु वा फुर्काउनु, उपयोग गर्नु घातक हुनेछ।
यद्यपि यो पुस्ताको एउटा सकारात्मक पक्ष भनेको उनीहरू आन्दोलनमा आउन थालेका छन्। सामाजिक सञ्जाल बन्दविरुद्ध हालै देखिएको युवाको सडक उपस्थिति यसको उदाहरण हो। नयाँ पुस्ताले सामाजिक, राजनीतिक मुद्दामा प्रत्यक्ष चासो देखाउनु लोकतन्त्र र परिवर्तनका लागि आशाजनक सङ्केत हो।
यो पुस्ताले आफ्नो अधिकारका लागि मात्र होइन, समाज र देशको हितका लागि पनि आवाज उठाउन थालेको देखिन्छ। तर यहाँ पनि प्रश्न उठ्छ- के यो पुस्ता आन्दोलनमा ‘भाग (उपभोग) ’का लागि मात्रै आउँछन् कि ‘भूमिका’का लागि पनि अगाडि बढ्छन्? आन्दोलनलाई ट्रेन्ड, फोटो, भिडियो वा लोकप्रियताको साधन बनाउने कि वास्तविक परिवर्तनको साधन बनाउने भन्ने कुराले उनीहरूको सक्रियताको मूल्य निर्धारण गर्नेछ।
जेन-जी पुस्ता सचेत र छिटो प्रतिक्रिया दिने भए पनि सामाजिक जिम्मेवारी वहन गर्न भने अझै ढिलो र कमजोर देखिन्छ। उदासीनता, अकर्मण्यता र व्यक्तिगत आरामतर्फको आकर्षणले उनीहरूलाई लामो समयसम्म जिम्मेवार भूमिकामा देखिन कठिन बनाएको छ। तर, सही नेतृत्व, अवसर र वातावरण पाएमा यही पुस्ता समाजलाई नयाँ दिशा दिन सक्ने सम्भावना पनि प्रबल छ।
सामाजिक सौहार्द, सहिष्णुता, समभाव देखिनसक्ने आपराधिक तत्वले एउटा उमेर समूह र अर्को उमेर समूहकै बीचमा ठूलो खाडल खनेर विध्वंसको ताण्डव हेर्यो। हामी सहन बाध्य भयौँ। यो बाहिरी खेल हो, हाम्रो संस्कार, संस्कृति, परम्परा, मूल्यमान्यता विरोधी भाष्य खडा गरेर उमेर समूह बीचको प्राकृतिक भिन्नता वा दूरीलाई वैरभावमा उभ्याउने प्रयत्न भइरहेको छ।
आजका अभिभावक वा पाका पुस्ताको मनमा एउटा स्थायी प्रश्न छ— के यो पुस्ता देखिने वा नदेखिने शक्तिको प्रभावबाट मुक्त रहन सक्छ? सामाजिक सञ्जालका एल्गोरिदमदेखि लिएर राजनीतिक स्वार्थ, व्यापारिक प्रचार र अन्तर्राष्ट्रिय प्रभावसम्म, जेन-जी सजिलै प्रभावित हुने खतरा बोकेको छ। उनीहरूको सजगता र स्वतन्त्रता यिनै अदृश्य शक्तिबाट कसरी बचाइन्छ भन्ने कुरामा भविष्यको समाज निर्भर रहनेछ।
जेन-जी पुस्ता अवसर र चुनौती दुवै हो। प्रविधिमैत्री, छरितो, सजग र भावुक यो पुस्ता समाजमा ठूलो ऊर्जा बोकेको छ। तर, उपभोक्तावाद, तत्काल Gratification- भावनात्मक अस्थिरता र अदृश्य र अज्ञात शक्तिको प्रभावमा पर्न सक्ने जोखिम पनि छ। नेपाल जस्तो देशमा जहाँ युवा जनसङ्ख्या ठूलो छ, यो पुस्ताको सक्रियता निर्णायक हुने छ।
उनीहरूले प्रविधिको उपभोग मात्र होइन, सिर्जना र अनुसन्धानमा पनि योगदान दिन थाले भने देशको सामाजिक र आर्थिक भविष्य उज्यालो हुन सक्छ। अन्ततः, जेन-जी पुस्तालाई मार्गदर्शन दिने, अवसर दिने र जिम्मेवारी दिलाउने दायित्व पाका पुस्ता, नेतृत्व र समाजकै काँधमा छ। यदि यो पुस्ता भूमिकासहित अगाडि बढ्न सक्यो भने, नेपालको भविष्य परिवर्तनको दिशातर्फ अघि बढ्नेछ।
धेरैले गाउँ रित्तियो, गाउँमा मलामी छैनन्, गाउँ वृद्धाश्रम बन्यो भनेर चिन्ता जाहेर गरिरहेका छौँ। यस्तो विषय सामाजिक अध्येता, अर्थशास्त्री, पत्रकार, राजनीतिकर्मी आदिबाट बारम्बार सुनिँदै आएको छ। तर यस विषयमा कहीँ योजनाबद्ध बहस भएको छ?
यो समस्या समाधानका सरोकारवाला को हुन्? कसले के गर्दा समस्या समाधान हुन्छ? बाटोघाटो, पुलपुलेसा गाउँ छोड्ने माध्यम बनेका छन्। यस विषयमा एउटै जवाफ केही छ? छैन। तर, भदौ २३ र २४ गतेको घटनाले के देखाइदियो भने योजनाबद्ध रूपमा केही गर्ने हो भने देशमा युवा जनशक्तिको अभाव छैन।

Leave a Reply