
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको मध्यस्थतामा नयाँ/वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल सुरु भएको छ।
वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि भट्टराईले विभिन्न दलहरुका नेताहरुसँग छलफल थालेका हुन्।
छलफलमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, हालै माओवादी छाडेका जनार्दन शर्मा र सुदन किरातीलगायत सहभागी छन्।
जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेका बाबुरामको सचिवालयले जनाएको छ।

Leave a Reply