नेतृत्व हस्तान्तरण गर्न प्रचण्ड तयार, भने-माधवजी र म यही पदमा बसिराख्नुपर्छ भन्ने छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।

भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टीमा नमर्दासम्म नेतृत्व नछाड्ने प्रवृत्ति ठिक छैन भनेर विगतमा आफूले दस्ताबेज लेखेको पनि स्मरण गरे।

उनले भने, ‘मलाई लागेको अब समय आएको छ। अहिले माधवजी र म कुरा गर्दै जाँदा सैद्धान्तिक रूपमा हामी यही पदमा बसिराख्नुपर्छ भन्ने छैन।’

नयाँ विचार, विधि र प्रणालीको विकास गरेर फरक भूमिकामा जान तयार रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *