राष्ट्र बचाउन एमालेसँग पनि हातेमालो गर्न तयार छौँ- प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन भएको बताएका छन्।

भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै आजको दिन कसैले बिर्साएर अब इतिहासमा नबिर्सने बताए।

उनले भने, ‘मलाई संयोजकको रूपमा १० घटकको ठुलो भारी, जिम्मेवारी दिनु भएको छ। मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ।’

अब पार्टी नयाँ ढङ्गले अघि बढाउने बताए। कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने बताए। उनले अझै विचार मिल्नेहरूसँग एकता प्रक्रिया अघि बढाउँदै जाने बताए।

उनले भने, ‘१०पार्टी मिल्दैमा पुग्यो भन्ने पक्षमा छैनौँ। अझै एकताबद्ध गर्न तयार छौँ। समाजवादी मोर्चामा रहेका होस् या अन्य कम्युनिस्ट घटकहरू या एमालेसँग समेत बृहत् एकताको निम्ति राष्ट्र बचाउन, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति हामी सबैसँग हातेमालो गर्न तयार छौँ। जोसँग छिटो मिल्छ एकता गर्छौँ। पछि मिल्नेसँग मोर्चा बनाएर जान्छौँ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *