प्रचण्डको दाबी-यो पार्टीलाई एक नम्बरको बनाउन अब कसैले रोक्न सक्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो पार्टीलाई देशको एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन्।

भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको पार्टी एक नम्बरको हुने दाबी गरे।

उनले भने, ‘कसैलाई टाउको दुखेको पनि हुनसक्छ, कति प्रतिक्रियावादीहरूलाई त राती निद्रा नलाग्ने पनि होला। नलागे पनि नलागोस्।’
उनले अब एकताको अभियान लिएर जनताको बिचमा जाँदै चुनावको तयारी गर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *